समग्र बजार बढ्दा यी सात लघुवित्तको शेयर मूल्यमा भारी गिरावट
११ भाद्र २०८१, मंगलवार ११:३३
काठमाडौं । समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २।५ प्रतिशतले घटेको छ । विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए ।
एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ । बढ्दो बजारमा कतिपय लगानीकर्ताको लगानी रणनीति घटेका कम्पनीमा हुन सक्छ । यस्तो अवस्थामा हाल माइक्रोफाइनान्स क्षेत्र एउटा विकल्प बन्न सक्छ । विगत एक महिनामा हिमालयन र गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै २० प्रतिशत घटेको छ ।
विगत १ महिनामा १० प्रतिशतभन्दा धेरैले घटेका ७ लघुवित्त कम्पनी