न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

१० भाद्र २०७८, बिहीबार १३:२४

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ११ करोड बढीको आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बुधबार सम्ममा ४५ सय १९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्।

कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।

कम्पनीको शेयरमा प्रतिकित्ता १ सय रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन स्थानीय प्रभावित बासिन्दाले दिन पाउनेछन् । आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*