नाडा अटो शो अर्थमन्त्रीद्धारा उद्घाटन, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो

११ भाद्र २०८१, मंगलवार १०:२१

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आजदेखि सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । नाडाले आयोजना गरेको यो १६ औं संस्करण हो ।

१६ गतेसम्म सञ्चालन हुने शोमा बीमा कम्पनी ,सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी हुने छ ।
सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाईल्स व्यवसायीका तर्फबाट विभिन्न गुनासाहरू राखेका छन् । अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको भन्दै उनले नेपालमा बसेर व्यावसाय गर्ने वातावरण तयार गरिदिनु पर्ने बताए ।

१ खर्बभन्दा बढी लगानी रहेको अटो क्षेत्रमा सरकारले समन्वयकारी भुमिका खेल्न नसकेको पनि गुनासो गरे ।उनले कार्यक्रममा उपस्थित अर्थमन्त्री पौडेल समक्ष अटोमोबाईल्स व्यवसायीलाई नेपालमै बस्न मिल्ने वातावरण मिलाइदिन भनेका छन् ।

उनले मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।
उनले अहिलेको सरकार माथि अटो व्यवसायीहरुलाई ठूलो आस र भरोसा रहेको भन्दै सरकारबाट विद्युतीय सवारीसाधनमा सहयोग चाहिएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*