गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी

१० भाद्र २०८१, सोमबार १७:०५

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ।

कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्।

युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका हुन्।

नाराबाजी गरिरहेका युवाहरूले ुढुंगा हान, बालेनु लगायत शब्द पनि उच्चारण गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए।

प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*