सनराइज बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा

१० भाद्र २०७८, बिहीबार १२:१५

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी बेगानीले ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयामा बिक्री गर्न लिखित आवेदन दिएकोमा सूचना प्रकाशित गरेको थियो तर साउन २२ गते निजले न्युनतम मूल्य संसोधन गरि १८५ रुपैया कायम गरि बिक्री लागेको हो ।

आवेदकले सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण कागजात खुलाई बैंकको केन्द्रिय कार्यालय गैह्रिधारामा आवेदन दिनसक्ने छन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रकिया अगाडि बढाउने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*