गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, डाक्यो दुई आवको साधारणसभा

१० भाद्र २०८१, सोमबार ०८:४३

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले असोज ३ गते मंगलबार एकैपटक अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले जारी पूँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, १५ प्रतिशत शेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
अधिकृत पूँजी वृद्धि गरी रू. १ अर्ब ५० करोड र तत्काल जारी पूँजी वृद्धि गरी रू. १ अर्ब ३० करोड पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ (२) संसोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

त्यस्तै आव ०७९।८० र ०८०।८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*