सुनको मूल्य तोलामा २ सयले घट्यो, प्रतितोला कति ?

१० भाद्र २०७८, बिहीबार १२:०९

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो ३ सयले घटेको सुन बिहिबार भने २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार १ सय र तेजाबि सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैया र तेजाबि सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आज चादीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चादी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*