तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
९ भाद्र २०८१, आईतवार १५:१७
काठमाडौं । नेप्से आज गिरावट आएको छ। नेप्से २९ सयको विन्दु मुनि आएको छ । निरन्तर उत्साहजनक बजारमा लगानीकर्ताहरु दोधारमा रह्दा यस्तो आएको शेयर लगानीकर्ता प्रकाश पौडेल बताँउछन् ।नेप्से ओरालो लाग्दा पनि तीन कम्पनीको शेयरमा सर्किट लागेको छ।
विन नेपाल लघुवित्त, उपकार र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको हो ।
त्यस्तै, थ्री स्टार, धौलागिरी लघुवित्त, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, समाज लघुवित्त र श्रृजनशील लघुवित्तको शेयर मूल्य हिजोको तुलनामा वृद्धि भएको छ।