अपी पावर र हिमालयन रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
९ भाद्र २०८१, आईतवार १५:०३
काठमाडौं । यो साता नेप्सेको पहिलो दिन नै उच्च अंकको गिरावट आएको छ।
नेप्सेमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने तयारी सुरु गरि सकेको छ।
बर्षको पहिलो लाभांश घोषणा गर्न सफल अपी पावरको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, विगत तीन हप्तादेखि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको हिमालयन रि को पनि आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, शाईन रेसुङ्गा बैंक,अरुण भ्याली, शिवम सिमेन्टस, गुडबिल फाइनान्स, ज्योति विकास बैंक, सानिमा माई, मल्टिप्रजोज फाइनान्स र नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ ।