सबैभन्दा बढी प्रतिशेयर आम्दानी भएका टप फाइभ बीमा कम्पनी, उत्कृष्ट लाभांश दिने क्षमता उच्च
काठमाडौं । पछिल्लो समय शेयर बजार सुधारको क्रममा रहेको छ। यस अवस्थामा अधिकांश कम्पनीको सेयर मूल्य पनि बढिरहेको छ। विगतमा १ सय ३० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य भएका कम्पनीहरूको दोबर मूल्य बढिसकेको छ।
सोही करण अबलगानीकर्ता राम्रो प्रतिफल दिने कम्पनीतर्फ केन्द्रित हुँदैछन्। पछिल्लो समय सबै उपसमूहको सेयर मूल्य आलोपालो बढिरहेको छ। बैंक, हाइड्रो, फाइनान्स, विकास बैंक, उत्पादनमूलक उद्योग, होटल तथा पर्यटनसँगै लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्य बढ्दो क्रममा नै छ।
निर्जिवन इन्स्योरेन्स कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इस्योरेन्स प्रतिसेयर आम्दानी हुने उत्कृष्ट पाँचभित्र पर्छन्।
राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य गत बिहीबार १९ हजार २ सय ५५ रुपैयाँमा कारोबार भयो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ननलाइफ इन्स्योरेन्समध्ये सबैभन्दा बढी लाभांश दिने क्षमता भएको कम्पनीभित्र पर्दछ।
कम्पनीको पछिल्लो समय अडिट नहुँदा सेयरधनीले लाभांश भने पाउन सकेका छैनन्। तर पनि कम्पनीको प्रतिसेयर आम्दानी सबै कम्पनीको भन्दा उच्च छ।
कम्पनीको प्रतिसेयर आम्दानी २३५ रुपैयाँ २७ पैसा रहेको छ। पीइ रेसियो ८१।८४ गुणा रहेको छ। बुक भ्यालु ६ हजार ६ सय ४१ रुपैयाँ ७३ पैसा रहेको कम्पनीको बजार पुँजीकरण ५१ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
नेपाल इन्स्योरेन्स
प्रतिसेयर आम्दानी उच्च रहेको ननलाइफ कम्पनीमध्ये दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको बिहीबार दोस्रो बजारमा १ हजार ८४ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ४२।६१ पैसा रहेको छ। कम्पनीको पीइ रेसियो २५।४४ गुणा हुँदा बुक भ्यालु २१५ रुपैयाँ ८१ पैसा रहेको छ। कम्पनीको बिहीबारसम्म बजार पुँजीकरण १७ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
नेको इन्स्योरेन्स
ननलाइफ इस्योरेन्स कम्पनीमध्ये प्रतिसेयर आम्दानीका हिसाबले उत्कृष्ट तीनमा नेको इस्योरेन्स कम्पनी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७ पैसा रहेको छ। कम्पनीको पीइ रेसियो २९।६४ गुणा हुँदा बुक भ्यालु २७२।८१ रुपैयाँ रहेको छ।
कम्पनीको बिहीबार दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १०१० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको बजारपुँजीकरण २० अर्ब ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ।
प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनी प्रतिसेयर आम्दानी बढी गर्नेमा चौथो नम्बरमा रहेको छ। कम्पनीको गतवर्षको प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५ पैसा रहेको छ।
कम्पनीको पीइ रेसियो ३०।२२ गुणा रहेको छ भने बुक भ्यालु २२२।१९ रुपैयाँ रहेको छ। कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता १०२९ रुपैयाँमा कारोबार भएको थियो भने बजार पुँजीकरण १४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ।
हिमालयन एभरेष्ट
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी २६।७२ रुपैयाँ रहेको छ। यो ननलाइफ इन्स्योरेन्स कम्पनीहरुमा पाँचौँ नम्बरमा पर्दछ।
कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ७६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो। कम्पनीको पीइ रेसियो २८।५९ गुणा रहेको छ भने बुक भ्यालु १९१।८४ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण १९ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ।