आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

९ भाद्र २०८१, आईतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुर्नगठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले समिति पुनर्गठन गरेका हो ।

सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक रविन कुमार नेपालको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो । सञ्चालक समितिका सदस्य सिताराम थापा सदस्य र उप–कार्यकारी प्रमुख दिनेश बहादुर अमात्य सदस्य सचिव रहने गरी तीन सदस्यीय लेखापरीक्षण समितिको पुनर्गठन गरिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*