प्रभु महालक्ष्मी लाइफले १०.५२६% लाभांश वितरण र ७% हकप्रद जारी गर्ने

९ भाद्र २०८१, आईतवार ०९:५६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साथै बैठकले बोनस शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी रू. ४ अर्ब ७२ करोड ५६ लाख को ७ प्रतिशतले हुन आउने रकम बारबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले यसअघि चुक्ता पूँजी रू. ४ अर्ब २९ करोड ६० लाखको १७ प्रतिशतले प्रतिकित्ता अंकित मूल्य रू १०० मा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति नदिएपछि रोकिएको थियो ।

कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*