साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । साताभरि नेप्से परिसूचक २६ दशमलव ३५ अंक अर्थात् ०.८८% ले घटेर २ हजार ९७४.४६ मा बन्द भएको छ ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले यो साता तीन दिन बजार कारोबार भएको छ । अघिल्लो साताको तुलनामा ८ दशमलव ४७ प्रतिशत बढेर गत साता परिसूचक ३ हजार ८१ मा बन्द भएको थियो ।
यो साता परिसूचक ३ हजार ०४८.१५ सम्म उच्च र २ हजार ९४३.६१ बिन्दुमा पुगेर एक सय ४.५४ अंकको अस्थिरता देखाएको थियो । अघिल्लो साता नेप्से परिसूचकले २५७ दशमलव ४० अंकको अस्थिरता देखाएको थियो ।
अघिल्लो र यो साता गरी नेप्से परिसूचक ३ हजार विन्दु पार गर्ने प्रयास चौथौं पटको प्रयास पनि असफल भएको छ । गत बुधबारदेखि नेप्से ३ हजार विन्दु पुगेर फर्किने क्रममा छ। नेप्सेले उक्त विन्दुमा प्रतिरोध परीक्षण गरेको छ। तर, छेड्न भने सकेको छैन ।
यो सातामा आइपुग्दा लगानीकर्ताहरु निकै अलमलमा देखिएको नेप्सेले संकेत गरेको छ । किनभने कारोबार रकम घट्दो छ । लगानीकर्ताहरूले नाफा बुक गरेको संकेत पनि कारोबार रकमले देखिएको छैनन ।
अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि भारी गिरावट आएको छ। हुन त यो साता तीनदिन मात्र कारोबार हुन सक्यो । तर, पनि औसत कारोबार हेर्ने हो भने कारोबार रकम घट्दो क्रममा रहेको देखिन्छ । औसत दैनिक कारोबार १२.८३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो साता पाँचदिनमा १खर्ब २७ अर्बको रुपैयाँको कारोबार भएको थिया यो साता ६६ अर्ब ९० करोड रुपैंयाँको कारोबार भएको छ ।
यो साता कराोबारमा आउने गरेका १३ वटा समूहको सूचकमध्ये ६ वटा उपसमूहको सूचक सकारात्मक रुपले हरियो रंङ बन्दा ७ वटामा उपसमूहमा रातो रङ पोतिएको छ ।
यो तीन पटकको कारोबारमा फाइनान्स उपसमूह चम्किएको छ भने विकास बैंक र वाणिज्य बैंक अब्बल सावित भएका छन् । फाइनान्स समूहको सूचक ३.२९ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.९० प्रतिशतले बढेको छ । त्यस्तै वाणिज्य बैंक समूह १.६२ प्रतिशतले हरियो भएको छ । ट्रेडिङ उपसमूह, निर्जीवन बीमा, हाइड्रो पावर, उत्पादन मूलुक, लगायत उपसमूह ४ प्रतिशतसम्मले ऋणात्मक देखिएका छन् ।
जसमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा मल्टीप्रपोज फाइनान्स कम्पनीको १८४ रुपैयाले बढेको छ । कम्पनीको शेयर पहिलो कारोबारी मूल्य ७०४ रुपैयाँबाट तीनदिन कारोबार भइ बन्दहुँदा ८८८ रुपैयाँ कायम भएको हो।
त्यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीमा मातृभूमी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले तीनपटकको कारोबारीमा २१७ रुपैयाँ गुमाएको छ । बजार खुल्दा कम्पनीको पहिलो कारोबारी मूल्य १४८२ रुपैयाँबाट घटेर १४ सय ६५ मा झरेको हो ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ भने अपी पावर कम्पनीको १ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।