ओली सरकारविरुद्धमा नयाँदिल्लीस्थित सेराटन होटलको त्यो मिटिङ
काठमाडौं । भारतको नयाँदिल्लीस्थित होटल सेराटनमा भएको एक गोप्य मिटिङले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न चिन्ह उठ्न पुगेको छ ।
सरकारी औपचारिक भ्रमण भन्दै गत आइतबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी थिईन् । पाँच दिने भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी, भारतीय विदेश मन्त्री एस जयशंकर समेतलाई भेटवार्ता गरेर फर्किन ।
कुरा यतिमा मात्रै सीमित रहेन । भारत भ्रमणको क्रममा परराष्ट्र मन्त्री राणाले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी दुई छोरीहरु गंगा दाहाल र रेनु दाहालसँग पनि विशेष भेटवार्ता गरेको खुलेसँगै ओली नेतृत्वको वर्तमान कांग्रेस एमाले नेतृत्वको गठबन्धनको भविष्यमाथि प्रश्न चिन्ह उठेको हो ।
प्रचण्डका दुई छोरीहरु गत साताको शुक्रबार नै नयाँदिल्ली पुगेर सेराटन होटलमै बास बसेका थिए । आइतबार नयाँदिल्ली पुगेकी परराष्ट्र मन्त्री देउवा पनि सेराटनमै बसेकी हुन् । भारतले कांग्रेस नेतृ तथा परराष्ट्र मन्त्री देउवा र प्रचण्डको विशेष सन्देश बोकेर पुगेका दुई छोरीसँग राखेर गोप्य छलफल गरेको विश्वस्त स्रोतले जनाएको छ ।
नयाँ सरकार गठन भएको दुई महिना पनि नपुग्दै पुनः षडयन्त्र सुरु भएपछि जर्जर अवस्थाबाट गुज्रिरहेको नेपालको अर्थतन्त्र पुनः राजनीतिक अस्थिरताको सिकार हुने देखिएको छ ।
आखिर यी दलहरू नेपाल र नेपालीका प्रधान शत्रु नै सावित भए । कहिल्यै पनि स्थिरता ल्याउने भयेनन । कुन दिनको श्रापले यी दलहरू उत्पन्न भयेछ्न नेपालमा । थुक्क कुलङ्गारहरु !
यस्तो परिस्थिति आएमा अब नेपाल देश इतिहासमा मात्र सिमित रहने अबस्था आउन सक्ने आंकलन गर्न सकिन्छ ।
घोषणा नै छ नि स्थिरता कायम नहोस् भन्ने हेतुले उथल पुथल गरिरहने रे।
नेपालका नेताहरु अरुको भरमा सरकार चलाउन भन्दा अरु के नै जानेको छ।कहिले यो कहिले त्यो भन्दै गठबन्धन गरेर नाटक नै गरिरहन्छ।
मियो बिनाको दाईँ जस्तै भयो यो देशको अवस्था त्यसैले स्वतन्त्र , निष्पक्ष र सबैको अपनत्व हुँने संवैधानिक राजसंस्था सर्बोच्च संस्थाको रूपमा रहन आवस्यक छ।
राष्ट्र र राष्ट्रियताकाे बारेमा साेच्ने अनि नेपाली जन्ताकाे पक्षमा ओकालत गर्ने नेतृत्व पङ्तिकाे खाँचो छ नेपालमा।यी स्वार्थक्तावादीहरुकाे कुरा गरेर समयकाे दुरुपयाेग नगरौं।
आफू र आफन्तवादकाे रजाइँ छ नेपालमा, स्वतन्त्र नेतृत्व पंक्तिकाे खाँचाे छ, याे सुन्दर र सान्त देश नेपालमन।
अहिलेको सरकारलाई ढालेर अन्यथा कांग्रेसले सोच्यो भने २०८४ को आमचुनावमा ठुलैंक्षति बेहोर्नुपर्ने हुन्छ यि मिडियाका नकारात्मक खबरहरु मनगणन्तेहुन यसका पछी लाग्न जरुरी छैंन लोकप्रिय काम गरेर जनताको मन जित्ने गरी अहिलेको सरकारले काम गर्नुपर्छ।धन्यवाद ,जय नेपाल।