आज एकैदिन ५ कम्पनीले ल्याए ७ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, कुनको कति?

७ भाद्र २०८१, शुक्रबार १४:५५

काठमाडौं । आज भदौ ७ गते विभिन्न ५ वटा कम्पनीहरूले ७ लाख ८७ हजार ९९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् ।

यस दिन प्रभु महालक्ष्मी लाइफले २ लाख २७ हजार १३० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख १५ हजार ३५५ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ५८ हजार ६६४ कित्ता, प्रोग्रेशिभ फाइनान्सले १ लाख २२ हजार ५३६ कित्ता र विजय लघुवित्तले ६४ हजार ३०८ कित्ता शेयर बिक्रीमा राखेका हुन् ।

यी शेयरहरूमध्ये प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार ६८० कित्ता शेयर र सांग्रिला बैंकको ७५ हजार ६७२ क्रित्ता शेयर सर्वसाधारणले किन्न पाउँछन् भने बाँकी शेयर सम्बन्धित कम्पनीका शेयरधनीले मात्रै किन्न पाउँछन् ।

प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको झण्डै दुई लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला बैंकको २ लाख १५ हजार कित्ता शेयर बिक्रीमा

प्रोगेशिभ फाइनान्सको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

विजय लघुवित्तको ६४ हजार कित्ता शेयर बिक्रीमा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*