भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, १४ जनाको मृत्यु, १६ जनाको उद्धार
७ भाद्र २०८१, शुक्रबार १३:३२
काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनीनजिकै एउटा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
बस सडकबाट झन्डै ३०० मिटर तल नदीमा खसेको छ भने दुर्घटनास्थलमा प्रहरी सहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।
हालसम्म १४ जनाको मृत्यु भएको र १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।