सांग्रिला बैंकको २ लाख १५ हजार कित्ता शेयर बिक्रीमा
७ भाद्र २०८१, शुक्रबार १२:२८
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कूल २ लाख १५ हजार ३५५ कित्ता शेयर बिक्रीमा राखेको हो ।
जसमध्ये ७५ हजार ६७२ कित्ता शेयर सर्वसाधारणले र १ लाख ३९ हजार ६८३ कित्ता शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
उक्त शेयर किन्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।