निर्जीवन बीमा कम्पनीमा दाबी नतिर्ने विकृति फैलिँदै, आईजिआई प्रुडेन्सियलले बीमा प्राधिकरणकै कर्मचारीको दाबी तिरेन
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा बीमा दाबी भुक्तानी नतिर्ने रोग मौलाउँदै गएको छ । नियामक निकाय बीमा प्राधिकरणको कमजोर नियमन र नियामकलाई नै हेप्ने बीमा कम्पनीका कर्मचारीहरूको कार्यशैलीको शिकार बीमित भइरहेका छन् ।
दाबी भुक्तानी अन्य सामान्य बीमितले नपाउने त विषय भई नै हाल्यो तर नियामक निकाय बीमा प्राधिकरणकै कर्मचारीले आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट बीमा दाबी भुक्तानी नपाएर हैरान भएका छन् । बीमा प्राधिकरणमा कार्यरत एक कर्मचारीले आफ्नो परिवारको बीमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा गराएका थिए । ती कर्मचारीको ति कर्मचारीका परिवारका सदस्य बिरामी परे अनि एक अस्पतालमा उपचार गरियो । बीमा गरकाले बिल बीमा कम्पनीमा पेश गर्दा दावी भुक्तानी दिन अनेकन बाहना गर्यो ।
बिरामीको चेकजाँच गरेर बीमा दाबीको लागि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कागजात पेश गर्दा महिनौंदेखि दाबी भुक्तानी नदिएको ती कर्मचारीले गुनासो गरेका छन् । बीमा प्राधिकरणकै कर्मचारीले बीमा दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले नदिएर अनेकन तथ्यहरू अगाडि सारेर ठगी गर्न खोजेपछि ती कर्मचारी आश्चर्य चकित बन्न पुगेका छन् ।
बीमा प्राधिकरणका कर्मचारीहरूले आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सबाट दाबी भुक्तानी नपाएको विषय त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । नेपालमा सञ्चालित अधिकांश बीमा कम्पनीहरूले दाबी भुक्तानी दिने बेलामा मोलमोलाई गर्ने, बार्गेनिङ गर्ने, बीमितलाई अनेकन बहानामा हिंसा गर्ने कार्य गर्दै आएका छन् ।
कमजोर नियमनको फाइदा उठाउँदै बीमा दाबी भुक्तानी नदिँदाको परिणाम स्वरूप बीमा कम्पनीहरूप्रति आम जनताको विश्वास दिनानुदिन गुम्दै गइरहेको छ । पछिल्लो समय बीमा कम्पनीहरूले कोरोना बीमा बापतको दाबी भुक्तानी पनि दिएका छैनन् ।
*सम्पादन गरिएको ।
Nepal ma Beema Pradikaran insurance co ko gush kana sastan ho policy holder ko lagi hoian