नेको इन्स्योरेन्सको ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक, के–के छन् सुविधा?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खेर नजाने यात्रा बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको हो ।
यस बीमा योजनाले आफ्नो देश बाहिर यात्रामा रहँदा हुने विभिन्न निम्न अप्रत्याशित र आपतकालीन खर्चहरूको जोखिम बहन गर्ने कम्पनीले जनाएको छ ।
- Personal Accident,
- Emergency Medical Expenses and Emergency Medical Evacuation and Air Ambulance Expenses
- Repatriation of Mortal Remains
- Travel of one immediate family member
- Loss of Checked Baggage
- Personal Liability
- Travel Delay
- Hi-Jack
- Legal Expenses
- Repatriation of family member travelling with the Participant
- Emergency Return Home following Death of a Close Family Member
यस बीमा योजना अन्तर्गत वैदेशिक यात्रामा रही रहँदा माथि उल्लेखित सुविधाहरूका साथै यात्राबाट स्वदेश फर्कँदा समेत महिनौसम्म पनि थप स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले बताएको छ ।
यो सुविधा नेको इन्स्योरेन्सबाट जारी हुने ‘ट्राभल मेडिकल इन्स्योरेन्स’ मा मात्र उपलब्ध रहेको र यो थप सुविधाको लागि थप बीमाशुल्क नलाग्ने कम्पनीले दाबी गरेको छ ।