प्रोगेशिभ फाइनान्सको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

७ भाद्र २०८१, शुक्रबार ११:०७

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २२ हजार ५३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् । ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेको खण्डमा सो शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*