मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

१० भाद्र २०७८, बिहीबार ०७:०३

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कुल १० करोड इकाई मध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई छुट्याएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

यस इकाईमा आवेदकले न्यूनतम १ सय कित्ता र अधिकतम १ करोड इकाई सम्मका लागि आवेदन दिन सक्नेछन् । यो बन्द मुखी योजना हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*