विजय लघुवित्तको ६४ हजार कित्ता शेयर बिक्रीमा
७ भाद्र २०८१, शुक्रबार ०९:२१
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६४ हजार ३०८ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेमा सो शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काभ्रेपलाञ्चोकको धुलिखेलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
One thought on “विजय लघुवित्तको ६४ हजार कित्ता शेयर बिक्रीमा”