नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा
७ भाद्र २०८१, शुक्रबार ०९:१२
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेमा सो शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ ।
बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
One thought on “नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा”