प्रभु महालक्ष्मी लाइफको झण्डै दुई लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
७ भाद्र २०८१, शुक्रबार ०९:००
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखेको हो ।
यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर किन्न नचाहेपछि सर्वसाधरणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो ।
सो शेयर किन्न इच्छुकले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
One thought on “प्रभु महालक्ष्मी लाइफको झण्डै दुई लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा”