प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा
७ भाद्र २०८१, शुक्रबार ०८:३६
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी सुयोग श्रेष्ठको नाममा रहेको २७ हजार ४५० कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् । ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेमा सो शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालमा निवेदन दिनु पर्नेछ ।
One thought on “प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा”