हिमालयन लाइफका मोती बञ्जाडेले एक घण्टामा ११ लाखको प्रिमियम संकलन गर्दै राखे नयाँ रेकर्ड

६ भाद्र २०८१, बिहीबार २०:०४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाची शाखाका मोती बन्जाडेले एक घण्टामा ११ लाख रुपैयाँ माथि बीमाशुल्क संकलन गरी रेकर्ड ब्रेक गरेका छन्।

अर्घाखाची शाखाका बन्जाडेले एक घण्टाको अवधिमा प्रथम बीमाशुल्क मार्फत ११ लाख रुपैयाँ संकलन गर्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले एक घण्टामा ६ वटा बीमा पोलिसी वापत ११ लाख रुपैयाँको प्रिमियम भित्र्याएर हिमालयन लाइफमै नयाँ रेकर्ड कायम गरेका हुन् ।

उनलाई उक्त शाखाका ब्रान्च म्यानेन्जरदेखि कर्मचारी र अभिकर्ताहरुले बधाई तथा सम्मान समेत गर्दै आगामी आर्थिक बर्षको एमडिआरटीको लागि शुभकामना समेत दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*