धितोपत्र र आर्थिक विधेयक प्रतिनिधिसभामा पेश, प्रेम सुवालको विरोधको सूचनालाई बहुमतले अस्वीकृत

६ भाद्र २०८१, बिहीबार १९:११

काठमाडौं । प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ पेस गरेका हुन् ।

त्यसअघि बैठकले ती दुई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । उक्त विरोधको सूचनाका सम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले धितोपत्र बजारलाई व्यवस्थित बनाउन संशोधन विधेयक प्रस्तुत गरिएको स्पष्ट पारे ।

उनले आर्थिक कार्यविधिलाई उत्तरदायी बनाउँदै आर्थिक अनुशासन कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संशोधन गर्न लागिएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते मंगलबार अपराह्न १ बजे बस्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*