एनआईसी एशिया बैंकद्धारा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत दुई जनालाई बीमा दाबी भुक्तानी

९ भाद्र २०७८, बुधबार १७:४७

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही १०/१० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।
बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने टोखा नगरपालिका–५ बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको हो ।

त्यस्तै, बैंकको कञ्चनपुर पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’को खाता खोलेका कञ्चनपुर पुनर्वास–६का रमेश अर्यालको दुर्घटना वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
बैंकले हालसम्म बीमा सहितको निक्षेप योजना अन्तर्गत हालसम्म देशभरका ५ सय ५० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको तीन करोड ५८ लाख भन्दा बढी बीमा दाबी वापतको रकम भुक्तानी गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*