जीवन बीमा कम्पनीका कर्मचारीलाई साढे ५ अर्ब तलव र बोनस, कुन कम्पनीको कति ?

६ भाद्र २०८१, बिहीबार १२:१६

काठमाडौं । गत आर्थिक वर्षको एक बर्षमा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि ५ अर्ब ८९ करोड रुपैयाँ तलव र बोनसमा खर्च गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको चौथौ त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बोनस ऐन अनुसार ५ अर्ब ८९ करोड रुपैयाँ तलव र बोनस छुट्याएका हुन् ।आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले साधारणसभा सम्पन्न गरी कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् ।

साथै कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नै कर्मचारीलाई पनि खुद नाफाको १० प्रतिशत बढी बोनस छुट्याएर प्रकाशन गर्दछन् । बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था वापत सो रकम छुट्टयाएका हुन्छन् । जीवन बीमा कम्पनीका ५ हजार ६ सय कर्मचारीलाई ५ अर्ब ८९ करोड रुपैयाँ छुटयाएको हो ।

 

असार मसान्तसम्ममा तथ्यांक अनुसार जीवन बीमा कम्पनीका २ हजार ८०१ शाखा कार्यालयमा ५ हजार ६ सय जना कर्मचारी कार्यरत छन् ।धेरै बोनस दिनेमा हिमालयन, नेपाल लाइफ कम दिनेमा राष्ट्रिय जीवन बीमा कम्पनीजीवन बीमा कम्पनीतर्फ कर्मचारीलाई सबैभन्दा धेरै बोनस हिमालयन लाइफ बनेको छ।

हिमालयन लाइफले चौथौ त्रैमासको अवधिसम्ममा ८८ करोड रुपैयाँ बोनस कर्मचारीहरुलाई दिएका छन् । दोस्रोमा नेपाल लाइफ रहेको छ। कम्पनीले ७४ करोड २८ लाख रुपैयाँ बोनस छुट्याएको छ। तेस्रोमा सूर्य ज्योति लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा ६० करोढ रुपैयाँ छुट्याएको छ।

नेशनल लाइफले ४८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४६ करोड रुपैंयाँ, सानिमा रिलायन्स लाइफले ४१ करोड रुपैयाँ, मेट लाइफले ३६ करोड रुपैयाँ, एलआईसी नेपाललले ३५ करोड रुपैयाँ, एशियन लाइफले ३४ करोड रुपैयाँ, सिटिजन लाइफले ३२ करोड रुपैयाँ, सन नेपाल लाइफले ३१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफलले २९ करोड रुपैयाँ, आइएमई लाइफले २९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ लाख रुपैयाँ बोनस छुट्याएका छन् ।

वृद्धिदरमा प्रभु महालक्ष्मी र सानिमा रिलायन्स अगाडि

कर्मचारीको बोनस वृद्धिमा प्रभु महालक्ष्मी लाइफ अगाडि रहेको छ। कम्पनीले गत बर्षको तुलनामा कम्पनीको बोनस ९९ प्रतिशतले बढाएको छ।
सानिमा रिलायन्स लाइफले कर्मचारीको बोनस गत बर्षको तुलनामा ५८ प्रतिशतले बढाएको छ।
तेस्रोमा आइमएई लाइफ रहेको छ। कम्पनीले कर्मचारीको बोनस गत बर्षको तुलनामा २६ प्रतिशतले बढाएको छ।

५ जीवन बीमा कम्पनीको कर्मचारी बोनस घट्यो
तथ्यांक अनुसार चालु आवको चौथौ त्रैमासको अवधिमा पाँच जीवन बीमा कम्पनीको कर्मचारी बोनस घटेको छ ।
यस अवधिमा एश्यिन लाइफ, सूर्य ज्योति लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ र नेपाल लाइफको कर्मचरीले पाउने बोनस घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*