बेष्ट फाईनान्सको न्युरोडस्थित रमागृहमा शाखामा कारोबार सुरु

९ भाद्र २०७८, बुधबार १६:३५

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ न्यूरोडमा रहेको शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाईनान्सले सोही वडाको न्युरोड, पिपलबोटस्थित रमा गृहभवनमा शाखा स्थानान्तरण गरी आज भदौं ९ गते उद्घाटन गरेको हो । नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका सदस्य श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडलेहाल १४ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिदै आएको छ । संस्थाको प्रधानकार्यालय, कमलादी, काठमाडौमा रहेको छ ।

संस्थावाट हाल डिजिटल बैकिङ्ग सेवालगायत नेपाल राष्ट्र बैकको नीति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्स स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*