दिनभरी परिसूचक रेखामा उताप–चडाब, माफिया एक्जिट हुँदा फसे साना लगानीकर्ता
काठमाडौँ । आजदिन भरि शेयर बजार उताप–चडाब देखियो । आज कुनै समय शेयर बजार परिसूचक बुल झै माथि उक्लिदा कुनै समय भने पछारि रहेको थियो । जसबाट स–साना र नवप्रवेशी लगानीकर्ताको माटो रकम गुमेको छ ।
बजारले आज सुरुवात (११ बजे) २९८१ बिन्दुबाट गरेको देखिन्छ । ११ः३ बजेमा बजार २९९९ बिन्दुमा पुग्यो । पुनः ११ः१३ मा बजार २९५३ बिन्दु झर्यो । फेरी लगत्तैै ११ः२१ मा बजार २९९३ बिन्दुमा पुगेको हो । ११ः३० मा २९६८ बिन्दुमा र ११ः४२ मा २९९० मा उचालियो ।
१२ बजेर २० मिनेटमा २९४६ बिन्दुमा झरेको बजार १२ः२९ मा २८६७ बिन्दुमा पुग्यो । फेरी उताप–चडाबकैबीचमा १ बजेर ५६ मिनेटमा बजार २९५४ मा हुँदा २ः१५ मिनेटमा उचालिएर २९९१ बिन्दुमा पुग्यो । अन्तत बजार ३ बजे २९६८ बिन्दुमा बन्द हुन पुग्यो । परिसूचक रेखा हेर्दा आज माफिया वा ठुला लगानीकर्ताले चलखेल गरेको देखिएको छ ।
आज बजारमा देखिएको उताप–चडाबले चलखेल गर्ने लगानीकर्ताले कमाएको र स–साना लगानीकर्ताले गुमाएका हुन् । ठुला लगानीकर्ताले बजार बढाएर बेच्ने र सानालाई बजार बढ्ने नै हो भनेर किन्न लगाउने गरेका छन् । तर, पुनः बजार घट्दा आफु प्रवेश गर्ने स–साना लगानीकर्तालाई अत्ताएर बिक्री गराउने । सीमित ब्यक्तिको इसारामा आज दिनभरी बजार चलेको देखिन्छ । स–साना लगानीकर्ता केही सीमितको लह–लहै र इसारामा नाच्दा मोटो रकम गुमाएको देखिएको छ ।
बजारमा आएको असुन्तुलित उचाईले बजार जुनसुकै समयमा उचालिने आंकलन हुन थालेका छन् । नेपालमा बजार पुँजिकरण कूल ग्राहस्त उत्पादन नजिक पुगेकोले शेयर बजार कुनै पनि बेला ढल्न सक्ने चर्चाहरु अहिले बजारमा हुन थालेका छन् ।