निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य सर्वाधिक घट्यो, आज कुनै पनि बीमा कम्पनीको मूल्य बढेन

९ भाद्र २०७८, बुधबार १६:०५

काठमाडौं । बुधबार नेप्सेमा सर्वाधिक मूल्य घट्ने उपसमुहमा निर्जिवन बीमा कम्पनी परेको छ । सो उपसमुहको २.८४ प्रतिशतले मूल्य घटेको हो । आज जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ४४.९ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४०.९ रुपैयाँ र प्रिमियर इन्स्योरेन्स कम्पनीको ५९.३ रुपैयाँको दरले शेयर मूल्य घटेको छ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३८ रुपैयाँका दरले घटेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३९ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स कम्पनीको ३२ रुपैयाँले घटेको छ । बुधबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३८ रुपैयाँले घटेर ९६१ रुपैयाँमा सीमित भएको छ ।

 

त्यस्तै, आईएमई लाइफ र अजोड इन्स्योरेन्सको क्रमशः ४८ रुपैयाँ ३१ रुपैयाँले घटेको छ । त्यस्तै मूल्य घटेका अन्य कम्पनीहरुमा युनियन लाइफ, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ, एनएलजी, नेको इन्स्योरेन्स कम्पनी, एशिन लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ, गुराँस लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । सामान्य अंकले मूल्य घट्ने कम्पनीहरुमा सिद्धार्थ, शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।आज कुनै पनि बीमा कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*