गुणस्तरमा समस्या देखिदा ‘रेड्मी नोट १३ प्रो’ व्यापार खुम्चिंदै, बजार पाउन छुट योजना
काठमाडौँ । बजार पाउनै छोडेपछि ‘रेड्मी नोट १३ प्रो’ को बिक्री गराउन कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको छ । नेपाली बजारमा आइरहेका नयाँ–नयाँ मोबाइल फोनसँग प्रतिस्पर्धा गर्ने नसकेपछि छुट अफर मार्फत बिक्री योजना कम्पनीले बनाइरहेको हो ।
पुराना ग्राहकलाईहरु महन्गोमा मोबाइल भिडाएर कम्पनीले भर्खरै मात्र अब रेड्मी नोट १३ प्रो किन्नेलाई छुट योजना ल्याएको छ । पछिल्लो समय रेड्मी नोट १३ प्रो को भारतियलगायत अन्तर्राष्ट्रिय बजार धोस्त छ । रेड्मी नोट १३ प्रो भारतिय बजारमा सुरुवातमा करिब ३० हजार रुपैयाँमा सार्वजनिक गरेको थियो । निकै महन्गो तथा गुणस्तरमा समेत गम्भिर समस्या रहेको बताउँदै भारतिय बजारमा कम्पनीको मोबाइलको व्यापार हुन सकेन ।
जसको धक्का नेपालमा समेत परेको छ । ‘रेड्मी नोट १३ प्रो’ मा नेटवर्कको समस्या उत्पन्न हुने गरेको छ । उक्त फोन सहरी केन्द्रित मात्र रहेको ग्राहकहरुको गुनासो रहदै आइरहेको छ । रेड्मी नोट १३ प्रो जस्तै विशेषता भएका अन्य ब्रान्डका मोबाइल निकै सस्तोमा पाउन थालेपछि रेड्मीको बजार खुम्चिंदै गएको हो ।
रेड्मी नोट १३ प्रो ब्याट्री ब्याकअप समेत भने जति नरहेको देखिएको छ । यता, कम्पनीको मोबाइलमा मदरबोर्ड परिवर्तन गर्दा वारेन्टी दाबी गदैनन् । मदरबोर्ड परिवर्तन गर्न १६ हजार भन्दा बढी पैसा सर्भिस सेन्टरले लिने गरेको छ । जसबाट ग्राहकहरु निकै मार्कामा पर्ने गरेको छन् ।
कम्पनीको क्यामरा समेत खरिद गरेको २।३ महिनामा नै धमिलो देखिने समस्या उत्पन्न हुने गरेको छ । सुरुवातमा राम्रै भएपनि विस्तारै मोबाइलको गुणस्तर खस्किदै जान्छ । मोबाइल खरिद गरेको केहि महिनामा नै ह्याङ हुने, उपकरण समेत ढिलो चल्ने र फिंगरप्रिन्ट काम नगर्ने हुन्छ । साथै, रेड्मी नोट १३ प्रो मोबाइल चलाएको आधा घण्टामा नै तात्ने समस्या रहेको छ ।
विस्तारै गुणस्तरहीन हुन थालेपछि कम्पनीले चलाखी रुपमा मूल्य घटाएर बिक्री गर्ने धाउ राखेको छ ।