पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक वृद्धि भयो यी कम्पनीको शेयरमूल्य

५ भाद्र २०८१, बुधबार १५:१०

काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले बढेतापनि आज फाइनान्स सेक्टरका कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको छ । बुधबार पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कारोबार भएका कम्पनीहरुकमध्ये एक सय वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिप्रपोज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*