सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा हाईड्रोपावरको बर्चश्व, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी

९ भाद्र २०७८, बुधबार १५:३३

काठमाडौं । दोस्रो दिन पनि घटेर कारोबार भएको हाईड्रोपावर क्षेत्रको आज पनि सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार आज अरुण कावेली पावर कम्पनीको सर्वाधिक ४८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा दोस्रो स्थानमा रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ । सो कम्पनीको करिब समान ४८ करोड ७० लाख ६५ हजार २१८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाईड्रोपावर कम्पनीको ४६ करोड ७१ लाखको कारोबार हुँदा नेशनल हाईड्रोपावर कम्पनीको ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

बुधबार गैर हाईड्रो क्षेत्रको सर्वाधिक कारोबार हुने सूचिमा आईसीएफसी फाइनानस कम्पनी परेको छ । सो कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी, कामना सेवा विकास बैंकको २९ करोड अपि पावरको २७ करोड, हिमालयन डिस्टीलरीको २३ करोड, महालक्ष्मी विकास बैंकको २२ करोड र सेन्ट्रल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*