अमेरिकी डलरको भाउ घट्यो, कति छ आज विनिमयदर?

५ भाद्र २०८१, बुधबार ०६:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको भाउ १२ पैसाले घटेर खरीद मूल्य १३३ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

यस दिन एक युरोको खरीद भाउ १४८ रुपैयाँ १९ पैसा र बिक्री भाउ १४८ रुपैयाँ ८५ पैसा छ । मलेसियन रिंगिट एकको खरीदका लागि ३० रुपैयाँ ५६ पैसा र बिक्रीका लागि ३० रुपैयाँ ७० पैसा लाग्नेछ ।

त्यस्तै एक कतारी रियाल खरीदका लागि ३६ रुपैयाँ ६९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ८५ पैसा तोकिएको छ भने एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ४२ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

आज एक साउदी अरेबियन रियालको बिक्री भाउ ३५ रुपैयाँ ८१ पैसा, अष्टे«लियन डलर एकको बिक्री भाउ ९० रुपैयाँ ४५ पैसा, १० जापानिज यनको बिक्री भाउ ९ रुपैयाँ १७ पैसा र १०० साउथ कोरियन वोनको बिक्री भाउ १० रुपैयाँ ७ पैसा तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*