इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थामा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

४ भाद्र २०८१, मंगलवार १८:३२

काठमाडौँ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै कार्यालय उप–सहायक (तेस्रो तह) मा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि प्लस टु तह उत्तिर्ण गरेको, १८ वर्ष पुगेर ४० वर्ष ननाघेको र मोटरसाइकल अनुमति प्राप्त गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।

इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले भदौ १८ गतेसम्म उक्त पदमा आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*