धितोपत्र बोर्डको सञ्चालकका लागि महासंघबाट अवस्थी सिफारिस
४ भाद्र २०८१, मंगलवार १५:२०
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् ।
सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान छ । यसअघि महासंघको तर्फबाट उपाध्यक्ष सुरजकृष्ण वैद्य बोर्डको सञ्चालक रहेका थिए । वैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले महासंघको गतिविधिमै व्यस्त हुने भएकाले उनलाई फिर्ता बोलाउने निर्णय गरेको महासंघले जानकारी दिएको छ ।
सरकारले उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको अवस्थामा महासंघले भने नयाँ प्रतिनिधि सिफारिस गरेको छ ।