कति छ आज विदेशी मुद्राको विनिमयदर?

४ भाद्र २०८१, मंगलवार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ४ गते एक अमेरिकी डलरको खरीद मूल्य १३३ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस दिन राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरीद भाउ ३० रुपैयाँ ५६ पैसा र बिक्री भाउ ३० रुपैयाँ ७० पैसा कायम गरेको छ । त्यस्तै एक कतारी रियालको खरीद मूल्य ३६ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८८ पैसा छ ।

आज एक साउदी अरेबियन रियाल खरीदका लागि ३५ रुपैयाँ ६८ पैसा र बिक्रीका लागि ३५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । एक अष्टे«लियन डलरको बिक्री मूल्य ९० रुपैयाँ ४ पैसा र १० जापानिज यनको बिक्री मूल्य ९ रुपैयाँ २० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*