१८औं राष्ट्रिय सूचना दिवस भव्य रुपमा सम्पन्न
काठमाडौँ । १८ औं राष्ट्रिय सूचना दिवस आज देश भव्यताका मनार्ईएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो ।
आज काठमाडौँमा आयोजिक एक कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रविधि प्रवाहका कारण सरकारी कामकाजलाई पारदर्शि बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले लोकतन्त्रलाइ बलियो बनाउन र जनताहरुलाइ उनीहरुको हक दिलाउन समेत सूचनाको ठुलो भुमिका रहेको धारण प्रस्तुत गरेका थिए । उनले भने, ‘कतिपय आम नागरिकहरुका सूचना नपाएका भन्ने गुनासोहरुलाइ सम्बोधन गर्ने सूचना आयोगको कार्य तारिफयोग्य रहेको छ ।’
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जतिसुकै कुरा गरेपनी सूचना प्रवाहमा पछाडि नै परेको बताए । उनले भने, ‘नेपाल सरकार जनतालाइ चुस्त र दुरुस्त सूचना प्रवाह गर्न लागीरहेको छ । हामीले आमसन्चार बिधेयक पनि ल्याउन लागेका छौं ।’
कुनै पनि सरकारी निकायले समयमा सूचना प्रवाह नगरेको खण्डमा आफुहरुलाइ जानकारी गराउन समेत आग्रह गरेका छन ।विभिन्न ठुला ठुला घटना समेत सहि सूचना प्रवाहका कारण समाधान भएका समेत उनले जिकिर गरे
सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको बताए । प्रमुख सूचना आयुक्त गुरुङले सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न र गराउनसमेत आह्वान गरेका हुन् ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दल तथा नेतृत्व, सार्वजनिक निकायका पदाधिकारी, सूचनाको हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्वपूर्ण हुने आयोगले जनाएको छ । राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले आज आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति रामसहायप्रसाद यादवलले गर्ने आयोगले जनाएको छ ।