निः शुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाका लागि शिक्षा मन्त्रालयले माग्यो सुझाव

३ भाद्र २०८१, सोमबार १६:५३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरेको छ । मन्त्रालयले कार्ययोजनाको मस्यौदा वेबसाइटमा राख्दै सुझाव माग गरेको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी भएको ६ वर्षपछि मन्त्रालयले कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार पारेर त्यसमा आवश्यक सुझाव दिन आह्वान गरेको हो । मस्यौदामा अधिकारमा आधारित शिक्षाको अवधारणालाई कार्यान्वयनमा लैजान तथा सबैका लागि अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता गर्न प्रचलित संवैधानिक व्यवस्था, कानुनले दिशा निर्देश गरेको समय सिमा र संस्थागत तथा व्यवस्थापकीय पक्षहरुलाई दृष्टिगत गरी कार्ययोजना तयार गरेको उल्लेख गरेको छ ।

कार्ययोजना अनुसार आगामी मंसिरभित्र प्रत्येक स्थानीय तहले स्थानीय तहभित्रका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको अवस्था एकिन गरी अर्को मंसिरभित्र विद्यालय बाहिर रहेका बालबालिका, आधारभुत तह पूरा नगरेका जनसंख्याको विवरण तयार गर्नेछ । त्यसपछि २०८२ माघभित्र आफ्नो स्थानीय तहभित्र प्रयोग हुने भाषा र ती भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्ने उमेरगत जनसंख्याको विवरण तयार गर्नेछ ।

1723979623_538593003_कार्ययोजना

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*