अम्बे सिमेन्टको व्यापारमा निरन्तर गिरावट, एक वर्षमा ४२ करोड गायब
काठमाडौँ । अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको ४२ करोड १० लाख रुपैयाँ गायब भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ मा १५ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले ५७ करोड ७० लाख रुपौयँको व्यापार गरेको थियो । यता, २०७८।०७९ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । पछिल्लो समय कम्पनीको व्यापार निरन्तर ओरालो लागि रहेको छ ।
सन् २००४ मा स्थापना भएको यो कम्पनीले दैनिक रुपमा १ हजार मेट्रिक टन ग्राइडिङ क्षमताको उद्योग स्थापना गरेको छ । कम्पनीको उद्योग पर्सामा रहेको छ । विभिन्न ६ ब्रान्डको नाममा पिएससी सिमेन्ट, दुई ब्रान्डको नाममा पिपिसी र दुई नाममा ओपिसि सिमेन्ट उत्पादन गर्दे आइरहेको छ । कम्पनीले ५६ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ ।