मेरो माइक्रोफाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

३ भाद्र २०८१, सोमबार १५:०२

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीमा हाल संस्थापक तर्फ ५९ दशमलव ४० प्रतिशत र सर्वसाधारणतर्फ ४० दशमलव ६० प्रतिशत शेयर स्वामित्व कायम छ ।

उक्त शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने तयारी कम्पनीले गरेको हो । यस आधारमा संस्थापकतर्फको शेयर स्वामित्व घट्ने भएको हो ।

साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर संरचना परिवर्तन सम्बन्धी निर्णय गरेकाले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने संस्थापकहरूको जानकारीका लागि कम्पनीले सूचना जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*