राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने
३ भाद्र २०८१, सोमबार १२:०७
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।
अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने ‘नाडा अटो शो’लाई समेत लक्षित गर्दै बैंकले योजना सार्वजनिक गरेको हो । उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदर मै ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने भएको हो ।