सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिदैछन् बैकिङ्ग सेवा (सूचीसहित)

३ भाद्र २०८१, सोमबार १०:११

काठमाडौं । सार्वजनिक विदाको दिनमा पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले बैकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । बैंकहरुले देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालयहरु सञ्चालन गरेर बैकिङ्ग सेवा दिन लागेका हुन् ।

सोमबार नेवाल बैंक, हिमालयन बैंक, महानलक्ष्मी बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक, सानिमा बैंक, कामना सवा विकास बैंक, एभरेष्ट बैंक लगायतका अन्य बैंकहरुले आफ्ना सीमित शाखा कार्यालयबाट बैंकिङ्ग सेवा दिन लागेका हुन् ।

सरकारले आज जनैपूर्णिमाको अवसरमा देशभरी नै सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँने जनै पूर्णिमा पर्व आज सोमबार मनाइँदैछ । आजको दिनलाई जनै पूर्णिमाका साथै ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमाका रूपले पनि मनाउने गरिएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*