नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीको पदावधी सकियो, सञ्चालक समितिमा भव्य बिदाई

२ भाद्र २०८१, आईतवार १९:५२

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधी आजबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भुमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकाल अन्तर्गतको अन्तिम दिन आज सञ्चालक समितिको बैठक राखेरै विदाई गरिएको हो ।

२०७२ चैत २ गते पहिलो कार्यकालका लागि तत्कालिन बीमा समितिमा विज्ञ सञ्चालकका रुपमा अधिवक्ता समेत रहेका ओली नियुक्त भएका थिए । २०७७ साल भदौं ३ गतेदेखि दोस्रो कार्यकालको लागि बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त भएका थिए । भदौं ४ गतेदेखि दोस्रो कार्यकालको कार्यभार सम्हालेका ओलीको आज विदाई गरिएको हो ।

 

झापा जिल्लाका स्थायी बासिन्दा ओली जनप्रशासनमा स्नातकोत्तर र कानुनमा बिएल गरेका छन् । उनलाई कानुनी पृष्ठभूमिबाट विज्ञ सञ्चालक बनाइएको हो । पछिल्लो आठ बर्ष बीमाको नीतिगत तहमा रहेर सक्रिय भएर काम गरेका ओली आगामी दिनमा बीमा क्षेत्रमै सक्रिय हुने प्रतिक्रिया दिएका छन् ।

बीमा प्राधिकरणमा आज आयोजित कार्यक्रमका बीचमा अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक ओलीको विदाई गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*