ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु

९ भाद्र २०७८, बुधबार १३:०५

काठमाडौं । यूकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सम्झौतापश्चात् सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका निर्देशक मिसेल फायले हस्ताक्षर गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*