बानेश्वर चोकबाट शंखमूल जाने सडक भासियो
२ भाद्र २०८१, आईतवार १८:१५
काठमाडौं । काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।