ह्वात्तै घट्यो महँगी

२ भाद्र २०८१, आईतवार १४:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा महँगी ह्वात्तै घटेको बताएको छ । गत वर्ष असार मसान्तसम्मको तथ्यांकअनुसार सार्वजनिक गर्दै केन्द्रीय बैंकले महँगी घटेको जनाएको हो ।

२०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*