एक वर्षमा ४२ खर्ब रुपैयाँ अन्तर–बैंक कारोबार
२ भाद्र २०८१, आईतवार १४:०८
काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुबीच गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३८ खर्ब ६३ अर्ब ४८ कराड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।
केन्द्रिय बैंकले आज सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीको विवरणले उक्त कारोबार देखाएको हो । साथै, यस अवधिमा वाणिज्य बैंकहरु बाहेकका वित्तीय संस्थाहरुबीच तीन खर्ब ६३ अर्ब गरी कुल ४२ अर्ब २६ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच रु.३९४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरुबीच रु.३५२ अर्ब ७ करोड गरी कुल रु.४२९४ अर्ब २२ करोडको अन्तर बैंक कारोबार भएको थियो।